०२ असार २०८३, मंगलबार

मुख्यमन्त्रीमा कुन प्रदेशमा कसको दाबी ? सुरु भयो दौडधुप

माघ १०, २०७४
मुख्यमन्त्रीमा कुन प्रदेशमा कसको दाबी ? सुरु भयो दौडधुप

काठमाडौँ, १० माघ-  प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् , कान्तिपुरमा खबर छ ।

गठबन्धनले प्रदेश ५ बाट एमाले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्रीका उम्मेदवारका लागि निश्चित गरेको छ । अन्य प्रदेशमा भने टुंगो लाग्न बाँकी छ ।
कहाँ कसको दाबी ?
प्रदेश नम्बर १– भीम आचार्य र शेरधन राई (एमाले)
प्रदेश नम्बर २– लालबाबु राउत र विजय यादव (फोरम)
प्रदेश नम्बर ३– अष्ठलक्ष्मी शाक्य, पशुपति चौलागाई र राजेन्द्र पाण्डे –एमाले)
प्रदेश ४– किरण गुरुङ र पृथ्वीशुब्बा गुरुङ (एमाले), कृष्णचन्द्र नेपाली र बिन्दुकुमार थापा (कांग्रेस)
प्रदेश ५– शंकर पोखरेल (एमाले)
प्रदेश ६– यमलाल कँडेल र प्रकाश ज्वाला(एमाले) महेन्द्र शाही र नरेन्द्र भण्डारी (माओवादी केन्द्र)
प्रदेश ७– वीरभान चौधरी र झपट बोहरा (माओवादी केन्द्र)
 

salt training

कमेन्ट गर्नुहोस्