०९ असार २०८३, मंगलबार

अर्गानिक खान मन छ ? –लेट्स गो अर्गानिक

कात्तिक २०, २०७४
अर्गानिक खान मन छ ? –लेट्स गो अर्गानिक
लोकान्तर संवाददाता
काठमाडौं, १२ माघ –‘लेट्स गो अर्गानिक’ नाराका साथ राजधानीमा प्राङगारिक कृषि मेला आयोजना हुने भएको छ ।
कृषि विकास मन्त्रालयलगायत विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टर र केटीइ फाउण्डेशनले यही माघ १४ देखि १७ गतेसम्म पाटन दरवार संग्राहलयमा मेला आयोजना गर्ने भएको हो ।

अर्गानिक तथा प्राकृतिक कृषि उपजको बजारीकरणमा टेवा पुरयाउने, उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्न मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

त्यस्तै, सदस्यहरूलाई सुपथ मूल्यमा आर्गानिक उपज उपलव्ध गराउने वातावरण सिर्जना गर्ने र स्वस्थ भइ वाँच्न पाउने अधिकारको संरक्षण गर्न र उपभोक्ता हीतको संरक्षण र सम्वद्र्धननमा सहयोग प-याउनु पनि मेला आयोजनाको उद्देश्य रहेको जनाइएको छ ।

मेलामा अर्गानिक चिया, कफी, जुस, तरकारी, प्राङगारिक मल, च्याउ, डेरी उत्पादन, माछा, मासु, हर्वल उत्पादनm मसला, खाद्यन्न, फलफूल, तेल र राडीपाखा लगायत ५० वटा स्टल रहने मेला संयोजक शान्ता वास्कोटा कोइरालाले जानकारी दिइन ।

मेलाकै अवसरमा वैदिक अर्गानिक एग्रिकल्चर विषयक अन्तराष्टिय कार्यशालासमेत आयोजना हुने आयोजक संस्थाका अध्यक्ष दीपक प्रकाश वास्कोटाले जानकारी दिए ।

प्रतिस्टल १० हजार रुपैयाँ रहेकोमा सरकारले प्रतिस्टल ५ हजार रुपैयाँ अनुदान सहयोग उपलव्ध गराएको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्