०२ साउन २०८३, शनिबार

प्रस्तावक र समर्थक गायव हुँदा तुहियो सांसद बन्ने सपना, निरास हुँदै फर्किए हरिचरण

माघ १०, २०७४
प्रस्तावक र समर्थक गायव हुँदा तुहियो सांसद बन्ने सपना, निरास हुँदै फर्किए हरिचरण

जनकपुरधाम १० माघ- नेपाली जनता दलका अध्यक्ष हरिचरण साह राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन जनकपुर पुगे । उनले आफ्नो साथमा स्थानीय तहमा चुनाव जितेका एक गाउँपालिकाका अध्यक्ष र एक मेयरलाई प्रस्तावक र समर्थकको रुपमा लगेका थिए । तर, उम्मेदवारी दिने समयमा एक जना गायव भए, आर्कोले अर्कै पार्टीका उम्मेदवारलाई समर्थन गरे ।

हरिचरणले पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुली प्रसादलाई समर्थक बनाएर उम्मेदवारी दर्ता गर्न खोजेका थिए । हरिचरण आउनुअगावै नथुलीले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद अख्तर हुसेनलाई समर्थन गरिसकेका थिए ।

नथुलीले अर्कै उम्मेदवारलाई समर्थन गरेपछि हरिचणले पोखरीया नगरपालिका पर्साका मेयर दीपनारायण रौनियारलाई समर्थक बनाउन खोजे । तर, दीपनारायण जनकपुरमै आएर गायव भइदिए ।

त्यसपछि उम्मेदवार दर्ता गराउने हरिचरणको सपमा पूरा भएन । उनी निराश भएर फर्किए । ‘मेरै पार्टीका सदस्यवाट धोका भयो, अब उप–चुनावका लागि निवेदन दिन्छु,’ साहले लोकान्तरसँग भने ।

हरिचरणलाई समर्थन नगरेकाहरु भने, नेपाली जनताका दलको चुनाव चिह्न सापटी लिएर चुनाव लडेको भए पनि उनलाई समर्थन गर्न बाध्य नभएको प्रतिक्रिया दिए । हरिचरण यसअघि संविधानसभामा समानुपातिक सांसद थिए  पहिलो संविधानसभमा हरिचरणकी छोरी गायत्री साह सांसद थिइन् । उनी रातो पासपोर्ट काण्डमा मुछिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्