
काठमाडौं, १० माघ- गुण्डा नाइके चक्रे मिलनले सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् ।
गुण्डा गर्दीमा संलग्न रहेर अवैध तरिकाबाट सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले गुण्डा नाइके चक्रे मिलनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विभागले गुरुङ, उनकी पत्नीसहित ५ जनाविरूद्ध २०७० जेठ ५ गते ७ करोड लाख ८ लाख १७ हजार २ सय ६६ रुपैयाँ बिगाे दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेकाे थियाे ।
उक्त अभियोगमा सरकारको दाबी पुष्टि नभएको अदालतले ठहर गरेको विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले लोकान्तरलाई बताए । उक्त मुद्दामा पटक पटक सुनुवाइ हुँदै अाए पनि बुधबार मात्रै विशेष अदालतले फैसला सुनाएकाे हाे ।
न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बुधबार गुण्डा नाइके चक्रेसहित सबैलार्इ सफाइ दिने फैसला सुनाएको हो ।