०७ असार २०८३, आइतबार

आर्मीलाई हराउँदै थ्रीस्टार इटहरी गोल्डकपको फाइनलमा

आर्मीलाई हराउँदै थ्रीस्टार इटहरी गोल्डकपको फाइनलमा

इटहरी, १० माघ- थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा थ्रीस्टार र त्रिभुवन आर्मी दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । 

खेलमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५ औँ मिनेटमा भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको १२ औँ मिनेटमा थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो । 

टाइब्रेकरमा थ्रीस्टारका बुद्ध चेम्जोङ्ग, निराजन खड्का, सुनिल बल, अनन्त थापा र धिजन सुब्बाले गोल गर्न सके भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ्ग र दीप लामाको प्रहार सही भयो तर अरिर विष्टको प्रहार बाहिरियो । 

थ्रीस्टारले अब मनाङमर्स्याङ्दी क्लब र भारतको गरिफा स्पोर्टिङ्ग क्लब कोलकाताबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ १४ गते उपाधिको लागि भिडन्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्