०३ साउन २०८३, आइतबार

सम्झौता नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

सम्झौता नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, १० माघ– सम्झौता नेपालको आयोजनामा ‘नागरिक समाजः पारस्परिक जवाफदेहिता’ कार्यक्रम अन्तर्गत नागरिक समाजको गतिविधिमा आम मानिसको धारणा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
बुधबार भएको कार्यक्रममा  काठमाडौं, ललितपुर र भक्तपुरका गैरसरकारी संस्थाका प्रतिनिधि, ललितपुर महानगरपालिकाको न्यायिक समिति सदस्य, ललितपुर वडा न. ९ को वडा अध्यक्ष र नागारिक समाजसँग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति थियो । ्र

सो अवसरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिबाट नागरिक समाजसँग सम्बन्धित सँस्थाहरुको बारेमा सम्झौता नेपालकी प्रमुख कार्यकारी अधिकृत डा। उषा झाले स्वागत मन्तब्य र कार्यक्रमको  उदेश्यबारे प्रकाश पारेकी थिइन् । 
 यस्तै  म्याग नेपालकी अध्यक्ष बबिता बस्नेतले कार्यकमलाई सहजीकरण  गरेकी थिइन् । 
यस्तै कार्यक्रममा सहभागिले नागरिक समाजलाई प्रतिबिम्बित गर्ने संस्थाले भोग्नु परेको कठिनाईका व्यक्त गर्नुका साथै आम नागरिकले उनीहरुलाई हेर्ने दृष्टिकोणको बारेमा  अध्ययनहबाट प्राप्त तथ्यहरु प्रस्तुत गरिएको थियो । 
सो क्रममा वडा अध्यक्ष बिनोद ताम्राकारले राम्रो काम गर्ने गैरसरकारी सँस्थालाई पुरस्कार र नराम्रो काम गर्ने सँस्थालाई कालो सुचिमा राख्नुपर्ने धारणा राखेका थिए  ।


 

salt training

कमेन्ट गर्नुहोस्