१८ असार २०८३, बिहीबार

प्रदेश २ मा ९ नाको उम्मेदवारी (सूचीसहित)

माघ १०, २०७४
प्रदेश २ मा ९ नाको उम्मेदवारी (सूचीसहित)

जनकपुरधाम, १० माघ - राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली काँगे्रसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

महिला सदस्यतर्फ काँगे्रसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । दलिततर्फ संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रदेश नं २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका २७२ गरी ३७९ जना मतदाता छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्