
कालिकोट, ११ माघ- तीन सातादेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा बढी सचेत हुनुपर्ने यहाँका प्रशासक र स्वास्थ्यकर्मीले रोगबारे बढाइचढाइ नगर्न सञ्चारकर्मीलाई ‘चेतावनी’ दिन थालेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सञ्चारमाध्यमले बढाइचढाइ गरेको उल्लेख गर्दै आधिकारिक समाचारमात्र दिन सुझाएका छन् ।
‘जिल्ला स्वास्थ्यले नभनेर अरूले भाइरल ज्वरो कसरी भन्न मिल्छ ?’ प्रजिअ गैरेले भने, ‘एक जनाबाहेक अरू मानिसको मृत्यु भाइरलले भएको होइन ।’ कुन रोगले मृत्यु भएको हो भन्ने कुरा डाक्टरले नै पुष्टि गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘‘विचार पुर्याउनुहोस्, तपाईंलाई नै अप्ठ्यारो पर्ला ? अलि ख्याल गर्नुहोला ।’ ‘मर्न त दिनमा कति मान्छे मर्छन् मर्छन्, कि हरेक मान्छेको रेकर्ड हुनुपर्यो,’ उनले भने ।
जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले ८ जनाको मृत्यु भाइरलका कारण नभई अन्य रोगबाट भएको बताए, कान्तिपुरमा खबर छ ।