०४ असार २०८३, बिहीबार

एमालेबाट  यी नेता ‘आउट’

माघ ११, २०७४
एमालेबाट  यी  नेता ‘आउट’

काठमाडौँ, ११ माघ- समानुपातिक सूचीमा नाम रहेका कारण एमालेका एक दर्जनभन्दा बढी पुरुष नेता राष्ट्रिय सभाको उम्मेदवार छनोटमा वञ्चित भएका छन् । प्रतिनिधिसभाको परिणाम सार्वजनिक नभएसम्म समानुपातिकको सूचीबाट पार्टीले नाम फिर्ता लिन नमिल्ने तथा एकै व्यक्ति दुईतिर उम्मेदवार बन्न नपाउने निर्वाचनसम्बन्धी नियमावलीका कारण दर्जनभन्दा बढी केन्द्रीय नेता उम्मेदवार छनोटमा वञ्चित भएका हुन् ।

प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेका केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, केन्द्रीय सदस्यहरू ईश्वरी विश्वकर्मा, रामप्रित पासवान, श्रीप्रसाद शाह, घनेन्द्र बस्नेत, खगेन्द्र राई, गणेश विश्वकर्मालगायतका नेता राष्ट्रिय सभा उम्मेदवार बन्न पाएनन् । परिवार दलबाट एमाले प्रवेश गरेर समानुपातिक सूचीमा नाम रहेका एकनाथ ढकाल, चुरे भावरबाट एमाले प्रवेश गरेका बद्री न्यौपाने, मधेसी समता पार्टीका तत्कालीन अध्यक्ष मेघराज नेपाली पनि उम्मेदवार बन्नबाट वञ्चित भए । 
यस्तै उपाध्यक्ष युवराज ज्ञवाली, नेता भरतमोहन अधिकारी, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्यहरू जगन्नाथ खतिवडा, रघुजी पन्त, अग्नि खरेल, महेन्द्रबहादुर पाण्डे, ठाकुर गैरेलगायतका नेताहरू पनि छनोटमा नपरेको नयाँ पत्रिकाले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्