
पोखरा, ११ माघ– नेपालमा चल्ने सवारीसाधनका चालकमध्ये ३ लाख नक्कली भएको अनुमान गरिएको छ ।
यातायात व्यवस्था विभागमा दर्ता भएका सवारीसाधन र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिएका चालक संख्याको आधारमा उक्त अनुमान गरिएको हो ।
हरेक वर्ष दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि त्यसको कारण खोजेर प्रतिवेदन पेस गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा मानबहादुर विकेको संयोजकत्वमा ५ सदस्यीय टोली खटाएको छ ।
टोलीले विभिन्न जिल्ला पुगेर सरोकारवालाहरुसँग सुझाव संकलन गरिरहेको छ । सुझाव संकलन गर्न परासी पुगेको टोलीले चालककै कारण बढी दुर्घटना हुने गरेको जनाएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।