
काठमाडौं, माघ ११– हिमपातका कारण अवरुद्ध भएको त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङ सडकखण्ड खुलेको छ । मंगलबार परेको हिमपातका कारण बाटोमा दुई फिटसम्म हिउँ जमेपछि सडक अवरुद्ध भएको थियो ।
सडकमा जमेको हिउँ स्काभेटर लगाएर हटाए पछि बिहीबार बिहान ४ बजेदेखि बाटो खुलेको ट्राफिक प्रहरीले जनाएको छ । हिउँ जम्दा हेटौँडाबाट काठमाडौं आउने–जाने गाडी दामन र सिमभञ्ज्याङमै रोकिएका थिए ।