०१ असार २०८३, सोमबार

लोपोन्मुख २९ भाषाको संरक्षण गरिने

लोपोन्मुख २९ भाषाको संरक्षण गरिने

काठमाडौँ, ११ माघ- भाषा आयोगले लोपोन्मुख चेपाङ, कुसुन्डा, दुरालगायत २९ भाषाको संरक्षण गर्ने भएको छ । 

आयोगले केही मानिसले बोल्ने तर प्रचलनमा नरहेका यस्ता भाषा लोप हुने खतरा रहेकाले तीनलाई बचाउनका लागि काम प्रारम्भ गर्न लागेको हो । आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषालाई मानव सभ्यताको निधिका रुपमा लिनुपर्ने बताउँदै मुलुकभित्र प्रचलनमा रहेर पनि जनजीवनको बोलीचालीमा आउन नसकेका भाषाको खोजी र संरक्षण गर्ने नीति रहेको जानकारी दिनुभयो । 

सिमान्तकृत तथा पिछडिएका केही वर्ग तथा समुदायको भाषा र संस्कृतिमा अन्यको प्रभाव बढ्दै गएको छ । कुनै पनि भाषाको विकासक्रमको इतिहास हेर्दा लामो समयदेखि पूर्वजले कुनै प्रचलन तथा अभ्यासलाई आधार बनाएको पाइन्छ । संविधानको धारा २८७ अनुसार उक्त आयोग गठन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्