
बुटवल ११ माघ–रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट बिहीवार एक बृद्ध महिलाको मृत्यु भएपछि स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।
बुटवल भैरहवा सडकको जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षीया महिला बिष्णु कुमारी भट्टराईलाई तीब्र गतिको ट्रिपरले ठक्कर दिएको थियो ।
जेब्राक्रसमा पैदलयात्रीको मृत्यु भएपछि स्थानीयले ठक्कर दिने लु १ ख ९८३८ नम्बरको ट्रिपरमा आगजनी गरेका छन् ।
स्थानीयको विरोध प्रदर्शनका कारण अहिले बुटवल भैरहवा सडक अबरुद्ध बनेको छ ।