२४ असार २०८३, बुधबार

प्रियंका चोपडाले यस्तो लुगा के लगाएकी होलिन् ?

प्रियंका चोपडाले यस्तो लुगा के लगाएकी होलिन् ?

काठमाडौं, ११ माघ — बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ हलिउड फिल्मको प्रिस्क्रीनिङका लागि सनडान्स फिल्म फेस्टिभल पुगिन् । 

समारोहमा उनी अचम्मको कपडामा देखिइन् । उनले कालो स्वीटरसँग म्याचिङ बूट लगाएकी थिइन् । यसबाहेक उनले टल्किने ब्राउन लिपस्टिक र आँखामा हेभी मेकअप गरेकी थिइन् । यो सबमा उनी एकदम अड्मिल्दो देखिइन् । 

सन् २०१७ को सेप्टेम्बर महिनामा ग्लोबल सिटीजन फेस्टिभलमा प्रियंका होस्टका रूपमा फ्लोरल ड्रेस लगाएर पुगेकी थिइन् । त्यो पनि अड्मिल्दो थियो । 

प्रियंका अहिले क्वान्टिको टीभी सिरियलको तेस्रो सीजनको शूटिङ गरिरहेकी छन् । अनि उनी आफ्नो दोस्रो हलिउड फिल्म अ किड लाइक ज्याकमा देखिँदैछिन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्