
धनगढी, ११ माघ- ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गरेका छन् ।
धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिव युवराज सुवेदीले जानकारी दिए ।
७ नम्बर प्रदेशको प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जनासमेत ५३ सांसद छन् ।