
पाल्पा, ११ माघ– पाल्पाको तानसेन नगरपालिका सिलखानटोल बस्दै आएकी एक महिला विगत एक महिनादेखि सम्पर्कविहीन छिन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वसन्तपुर स्थायी घर भएकी वर्ष ३० की राधा सेन ठकुरी गत पुस ५ गतेदेखि बेपत्ता भएकी हुन् ।
सिलाइकटाइ व्यवसाय गर्दै आएकी राधा बुटवल सामान लिनभन्दै घरबाट हिँडेकी र त्यसपछि सम्पर्कमा नआएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारका सदस्यकाअनुसार उनले सामान किन्नका लागि आफन्तसँगबाट केही रकम पनि लिएकी थिइन् । उनको खाजी गरिदिन प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म केही पत्तो नलागेको बताइएको छ ।
पाल्पा प्रहरीका अनुसार ५ लाख ५४ हजार रुपैयाँसहित राधा हराएको उजुरी परेको छ । उनको खाजीका लागि छिमेकी जिल्लामा समेत परिपत्र गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राधा सम्पर्कविहीन भएपछि उनका ४ वर्षिय छोरा र ६ वर्षिय छोरीको विचल्ली भएको छ । उनी तानसेनमा ८ वर्षदेखि बस्दै आएकी थिइन् ।