काठमाडौं, मंसिर २६– १३ औं अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्न लागिएको छ । आगामी बुधबार र शुक्रबार राजधानीको नयाँ बानेश्वरमा रहेको अल्फाबिटा इन्टिच्युटको आयोजनामा सो मेलाको गर्न लागिएको हो । अल्फाबिदा कम्प्लेक्स नयाँ वानेश्वरमा हुने उक्त मेलामा जापान, अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, मलेसिया, भारतसहित ७ देशका २० बढी शैक्षिक संस्थाहरुका साथै प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले बताएको छ ।
मेलामा विदेशमा पढ्न चाहने विद्यार्थीहरुले पढ्न चाहेको विषय, उचित विश्वविद्यालय/कलेजका साथै करियरका विषयमा विद्यार्थीहरुले विषेशज्ञबाट परामर्श लिन सक्नेछन् । यस्तै विभिन्न कलेजहरुले दिने छात्रवित्ति योजनाबारे पनि विद्यार्थीहरुलाई जानकारी दिइनुका साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका विज्ञहरुले प्रत्यक्ष तथा अनलाइनको माध्यमबाट परामर्श समेत प्रदान गर्ने अल्फाबिटाका प्रवन्धक सौरभ श्रेष्ठले जानकारी दिए । अल्फाबिटा अमेरिकन इन्टरनेशनल रिक्युमेन्ट काउन्सिल र आइएओः ९००१ः २००८ प्रमाणपत्र प्राप्त शैक्षिक परामर्श दिने संस्था हो ।