२२ जेठ २०८३, शुक्रबार

'स्वराजको भ्रमणले ओलीलाई दिल्ली होइन, मोदीलाई काठमाडौंको यात्रा तय गर्ने सम्भावना'

माघ १८, २०७४
'स्वराजको भ्रमणले ओलीलाई दिल्ली होइन, मोदीलाई काठमाडौंको यात्रा तय गर्ने सम्भावना'

काठमाडौँ, १८ माघ-  परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री सुष्मा स्वराज करिब २५ घण्टे ‘राजनीतिक’ यात्रामा बिहीबार (आज) काठमाडौं ओर्लने औपचारिक रूपमा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयले भ्रमण घोषणा गरेको दुई दिनपछि परराष्ट्रले त्यस्तो जानकारी गराएको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने मन्त्रालयले बिहीबार (सुष्मा आइपुग्नु केही घण्टाअघि मात्र) भ्रमणको औपचारिक जानकारी गराउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय बुधबार मात्रै दुईपक्षीय एजेन्डा र खाका तयार गर्नमा जुटेको छ । परराष्ट्रमन्त्रीको कार्यभार आफैंले सम्हालेकाले सुष्मासँग दुईपक्षीय वार्ता पनि प्रधानमन्त्री देउवाले नै गर्दैछन् ।
अहिलेसम्म अघि बढेका परियोजना, सीमाको विवाद र समाधान, डुबान समस्या, सडक सञ्जाल, रेलमार्ग, सीमा अपराध नियन्त्रण, प्रबुद्ध व्यक्ति समूहको लगातार बैठक र प्रगतिलगायत समय–समयमा उठ्ने दुईपक्षीय मामिलाका विषयमा परराष्ट्रले प्रधानमन्त्री देउवालाई जानकारी गराउने तयारी गरेको छ । त्यही आधारमा देउवाले स्वराज नेतृत्वको समूहसँग छलफल गर्नेछन् ।
कान्तिपुर दैनिक लेख्छ-राजनीतिक भेटघाट हुने भएकाले स्वराजको भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । सामान्यतया यो स्तरको भ्रमण औपचारिक वा कुनै कार्यक्रममा सहभागी हुन आउने प्रचलन हुन्छ । तर अहिले उनी आफैं आउने भन्दै परराष्ट्र मन्त्रालयसँग समन्वयबिना हुन लागेको बताइएको छ । यो भ्रमणलाई नरेन्द्र मोदीको आगामी नेपाल भ्रमणसँग पनि जोडेर हेरिएको अधिकारीहरूले बताए । यो भ्रमणले केपी ओलीलाई दिल्ली होइन मोदीलाई काठमाडौंको यात्रा तय गर्ने सम्भावना रहेको एक अधिकारीले बताए । ओलीले मोदीसँगको टेलिफोन वार्तामा नै जनकपुर र मुक्तिनाथको भ्रमणका लागि निम्ता दिइसकेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्