
जाजरकोट, १८ माघ– पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा नौ महिनादेखि हवाई उडान बन्द भएको छ । विमानको कमी, पाइलटहरुको अभावलगायतका कारण देखाउँदै नेपाल वायुसेवा निगम क्षेत्रीय कार्यालय नेपालगन्जले उडान तालिका नबनाउँदा यहाँको हवाई सेवा बन्द भएको हो ।
जेठ दास्रो सातादेखि बन्द रहेको हवाई सेवा हालसम्म सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । साढे चार करोड लागतमा चार वर्षअघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।