
रोल्पा, १८ माघ– सुकीदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । फरक फरक नाम र समयमा दुईवटा नागरिकता लिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।
स्थानीयवासी हरिबहादुर पुनले बुधबार जाहेरी दर्ता गरेका थिए । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले मुद्दा दर्ता भएपछि अनुसन्धान थालिएको बताए ।
तत्काल अनुसन्धान थाल्न मुद्दा शाखालाई निर्देशन दिइसकेको छु उनले भने । यसअघि जाहेरीकर्ता पुनले राजनीतिक दबाबमा प्रजिअले मुद्दा दर्तामा आनाकानी गरेको आरोप लगाउँदै आएका थिए, कान्तिपुरमा खबर छ ।