
काठमाडौं, १८ माघ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार एमाले संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने तय भएको छ ।
पार्टी एकतामा दरार देखिएको भन्ने हल्ला चलिरहेका बेला आज बस्न लागेको बैठकले सबै शंका चिर्ने गरी निर्णय गर्ने दावी गरिएको छ ।
पार्टी एकता सरकार गठनअघि कि पछि भन्नेमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय पनि निष्कर्षमा पुगेको छैन ।