३० जेठ २०८३, शनिबार

खारेज भएको नेसनल ट्रेडिङ बन्यो ‘यौन क्रीडा’ स्थल !

माघ १८, २०७४
खारेज भएको नेसनल ट्रेडिङ बन्यो ‘यौन क्रीडा’ स्थल !

धनगढी, १७ माघ– सरकारले खारेज गरेको नेसनल ट्रेडिङ लिमिटेडको धनगढीस्थित शाखा कार्यालयको परिसर ‘यौन क्रीडास्थल’ बनेको छ ।

लामो समयदेखि बन्द अवस्थामा रहेको नेुनल ट्रेडिङ परिसर घाँसयुक्त झाडीले भरिएको छ । वरिपरी पर्खालले घेरिएको परिसरमा आवातजावात पनि कमै हुने हुँदा यौनजन्य क्रियाकलाप बढेको स्थानीयहरु बताउँछन् ।
गत साउनदेखि स्वेच्छिक अवकाशमा रहेका शाखा प्रमुख रामचन्द्र जोशीले कारोबार ठप्प भएपछि लामो समयदेखि शाखालाई बन्द गरेर घर फर्केको बताए  ।

यहि माघ १५ गते बसेको मन्त्रिपरिषद बैठकबाट नेसनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरिएको छ । घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै सरकारले नेश्नल टे्रडिङ लिमिटेडलाई खारेज गरेको हो ।

व्यापार व्यवसायमा टेवा पु-याउने उदेश्यले वि.स. २०१८ सालमा स्थापित नेश्नल ट्रेडिङ सरकारको पूर्ण स्वामित्व भएको कम्पनी हो । तर कमजोर व्यवस्थापन र सरकारी वेवास्ताले निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्दा २०४६ यता नेश्नल टे«डिङको कारोवार शून्य अवस्थामा छ ।

दशकौदेखि बन्द प्रायः रहेको भएपनि नेसनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालयले आफ्नो शाखा कार्यालयहरु पुनः सञ्चालनमा ल्याउने तयारीमा जुटेको थियो । जुन सरकारको निर्णयले सञ्चालनको उक्त प्रयासमा तुसारापात भएको छ  । 

नेसनल ट्रेडिङको स्वामित्वमा हालसम्म देशभर १३ अर्ब बराबरको जग्गा रहेको छ । धनगढीमा मात्रै साढे दुई विघा जमिन, गोदाम घर र कार्यालय भवन रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्