३१ जेठ २०८३, आइतबार

चार दिनदेखि २६ वर्षीया कमला हराइन्

चार दिनदेखि २६ वर्षीया कमला हराइन्

पाँचथर, १८ माघ- पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता हुनुभएको छ । 

घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उहाँका श्रीमान् कुबेर तुम्बापोले बताउनुभयो । 

धेरै खोजतलास गरिए पनि उहाँ फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । बेपत्ता भएकी तुम्बापोको एक छोरा र एक छोरी छन् । 

salt training

कमेन्ट गर्नुहोस्