०२ असार २०८३, मंगलबार

रुकुम सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरकालिन आदेश

रुकुम सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरकालिन आदेश

काठमाडौं, १८ माघ– सर्वोच्च अदालतले रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने निर्णय कार्यन्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ । 

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको निर्णय विरुद्ध सर्वोच्चमा दर्ता भएको रिटमा सुनुवाई गर्दै न्ययाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको हो । 

सदरमुकाम सार्ने निर्णय सरकारले गरेपछि सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जना सर्वोच्च अदालत पुगेका थिए । 

सरकारले सदरमुकाम सार्ने निर्णय गरेसँगै रुकुममा आन्दोलन भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्