
भारतमा भएको दुर्घटनामा दुई नेपालीको ज्यान गएको छ । भारतको उत्तरप्रदेशस्थित बहराईच जिल्लाको रिसियामा उक्त दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहाले घटनाको पुष्टि गरेको छ ।
दुर्घटनामा परि बाँके नेपालगन्ज निवासी मुनब्बर अली हल्वाई र रोशन शाहको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेहरुमा नेपालगन्ज निवासी संग्राम शाह, अंगुर खड्का र ईमरान अली हल्वाई रहेका छन् ।
भारतको रुपैडिहाबाट लखनउका लागि जादैं गरेको नेपाली सवार यूपी ४० एक्स ८६१४ नम्बरको जिप र युपी २१ एन ७०६२ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना भएको हो ।