२१ जेठ २०८३, बिहीबार

अफगानिस्तानमा ठूलो हवाई आक्रमण, २६ आतंकवादी मारिए

अफगानिस्तानमा ठूलो हवाई आक्रमण, २६ आतंकवादी मारिए

काठमाडौं, १८ माघ — अफगानिस्तानको दक्षिणपूर्वी गजनी प्रान्तमा तालिबानमाथि गरिएको हवाई आक्रमणमा कम्तीमा २६ आतंकवादी मरेका छन् । 

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ नूरीले आक्रमणको पुष्टि गर्दै २० भन्दा बढी आतंकवादी घाइते भएको बताए । 

तालिबानले यससम्बन्धमा कुनै बयान दिएको छैन । 

गजनी देशको दक्षिणपूर्वी भागमा पर्छ र यो हिंसाग्रस्त क्षेत्र हो । ताजा हवाई आक्रमण तालिबान तथा अन्य आतंकवादी संगठनविरुद्ध लक्षित थियो । 

अफगानिस्तानमा आतंकवादीहरूको उपस्थिति संसारका धेरै देशका लागि चिन्ताको विषय हो । वैश्विक स्तरमा आतंकवादविरुद्ध लडाईंमा तालिबान ठूलो चुनौती बनेको छ । 

अफगानिस्तानको छिमेकी पाकिस्तानमाथि आतंकवादीहरूलाई शरण दिएको आरोप छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्