०८ असार २०८३, सोमबार

अन्तर्वार्ता दिएकै कारण प्राध्यापक पक्राउ

माघ १८, २०७४
अन्तर्वार्ता दिएकै कारण प्राध्यापक पक्राउ

बान्जुल, १८ माघ - गाम्बियाको प्रहरीले पत्रिकामा अन्तर्वार्ता दिएकै कारण विश्वविद्यालयका एक प्राध्यापकलाई पक्राउ गरेको छ । 

अन्तर्वार्तामा राष्ट्रिय सुरक्षाको विषयलाई लिएर राष्ट्रपतिको क्षमतामा प्रश्न उठाएकाले उहाँलाई रातभरी थुनामा राखिएको एएफपीले बिहीबार जनाएको छ । 

अभियन्ताहरूले उनलाई पक्राउ गरेर सरकारी पक्षले वाक स्वतन्त्रतामा क्षति पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

नयाँ सरकारले मानवअधिकार, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका अधिकारप्रति पटक पटक प्रतिबद्धता जनाएको थियो । जबकी पूर्वशासक याह्या जाम्मेहले भने यी विषयमा निकै नियन्त्रण गरेका थिए  । 

स्पष्टवक्ता तथा गाम्बिया विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक इस्माइला सिजाईलाई प्रहरीले बुधबार दिउसो पक्राउ गरेको हो । उनलाई बिहीबार विहान रिहा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्