
काठमाडौं, १९ माघ– गएको पुस ३० गते फ्रेन्च लिग वान अन्तर्गतको पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबीचको खेलमा नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाउने रेफ्री टोनी चाप्रोनमाथि ६ महिनाको प्रतिबन्ध लागेको छ । उनले खेलाडीलाई खेलाडीलाई खुट्टाले हानेर रेड कार्ड देखाएका थिए ।
यो प्रतिबन्ध मध्ये आधा चाहिँ निलम्बित भएको छ । खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए । कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे ।
उनले उठ्दै गर्दा नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हाने अनि खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि गोजीबाट रातोकार्ड निकालेर कार्लोसलाई देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए । यो खेलमा पिएसजीले नान्टेसलाई १–० ले हराएको थियो ।