२३ असार २०८३, मंगलबार

नेपाली सेनाको भैरवनाथ गणमा बम बिस्फोट, ५ सैनिक घाइते

नेपाली सेनाको भैरवनाथ गणमा बम बिस्फोट, ५ सैनिक घाइते

काठमाडौं, १९ पुस– काठमाडौंको महाराजगन्जस्थित नेपाली सेनाको भैरवनाथ गण भित्र बम बिस्फोट भएको छ । 

बम बिस्फोटबाट एक जना सैनिक गम्भीर घाइते भएका बुझिएको छ । सेनाको आफ्नै बिस्फोटक पदार्थ बिस्फोट भएको जनाइएको छ । 

तालिम गर्ने क्रममा ग्रिनेट बिस्फोट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले लोकान्तरलाई बताए । 

ग्रिनेट बिस्फोटबाट ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजना सैनिक जवानको अवस्था गम्भीर रहेको प्रवक्ता भण्डारीेले बताए । 

‘तालिमको क्रममा ग्रिनेट बिस्फोट भएको हो,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘बिस्फोटबाट ५ जना घाइते भएका छन् । १ जनाको अवस्था गम्भीर छ ।’

घाइते सबैको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्