०८ असार २०८३, सोमबार

एफबीआईले अधिकारको दुरुपयोग गरेको विवादित कागजात सार्वजनिक

माघ २०, २०७४
एफबीआईले अधिकारको दुरुपयोग गरेको विवादित कागजात सार्वजनिक

काठमाडौं, २० माघ– अमेरिकी कंग्रेसले गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोपसहितको विवादित कागजात सार्वजनिक गरेको छ । यो ज्ञापन रिपब्लिकन पार्टीका सांसदले तयार पारेको र गत राष्ट्रपतीय निर्वाचनका अभियानका क्रममा गुप्तचर अनुसन्धानसँग सम्बन्धित रहेको बताइएको छ ।

सो सन् २०१६ मा भएका अमेरिकी राष्ट्रपति चुनावमा रुसले गरेको हस्तक्षेपबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानसँग सम्बन्धित रहेको छ । डेमोक्रेटिक पार्टी यो कागजातलाई सार्वजनिक गर्न रोक्ने पक्षमा छ । 

डेमोक्रेटिक पार्टीले गुप्त जानकारीमा आधारित यो ज्ञापन सार्वजनिक गरेर ट्रम्पको विरुद्ध जारी अनुसन्धान भड्काउने कोसिस हुने जनाएको छ । डेमोक्रेटको विरोधकैबीच कंग्रेसका सभामुख रिपब्लिकन पार्टीका पर्ल रायनले विशेष काउन्सुल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानलाई ज्ञापन सार्वजनिक गर्दा हुने कुनै असर नपर्ने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्