२२ जेठ २०८३, शुक्रबार

चीनमा रातारात ८ सय मिटर सडक नै चोरी

माघ २०, २०७४
चीनमा रातारात ८ सय मिटर सडक नै चोरी

काठमाडौं, २० माघ– चीनमा चोरीको अनौठो घटना प्रकाशमा आएको छ । चोरले जिआङ्गसू प्रान्तमा ८ सय मिटर सडक नै रातारात भत्काएर चोरी गरेको हो ।

झु नाम गरेका एक व्यक्तिले यसरी सडक चोरी गरेका हुन् । उनले सडक भत्काएर निकालेको कंक्रिट र अन्य सामाग्री एउटा उद्योगलाई बेचेको चाइना न्यूज सर्भिसमा प्रकाशित विवरणमा उल्लेख छ । 

८०० मिटर सडकबाट उनले करिब ५०० टन कंक्रिट निकालेका थिए । उनले कंक्रिट ५००० युआनमा बेचेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । चिनियाँ सामाजिक संजालमा यो घटनाका बारेमा हजारौंले प्रतिक्रिया व्यक्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्