
काठमाडौं, २० माघ– बागमती सफाई अभियान आजबाट २ सय ४७ औँ सातामा प्रवेश गरेको छ । अभियान सुरु भएयता बागमतीबाट करीब ११ हजार टन फोहोर संकलन भइसकेको छ ।

हालसम्म अभियानमा साढे १७ सय संघसंस्था र १० लाख बढी स्वयंसेवक सहभागी भइसकेका छन् । यद्यपी अझैपनि सर्वसाधारणमा चेतनाको स्तर वृद्धि नभएकाले पूर्ण रुपमा अभियानलाई सफल बनाउने चुनौती यथावत रहेको छ ।

नदीमा लुकीछिपी फोहोर फाल्ने र ढल व्यवस्थापन समेत नभएकोले अभियान प्रभावित भएको भन्दै अभियन्ताहरुले गुनासो गरेका छन् । यसैबीच आज नेपाल टेलिकम, विभिन्न स्कुल तथा कलेजका करीब १ हजार जनाले सफाई अभियानमा भाग लिएका छन् ।
