३० जेठ २०८३, शनिबार

यातायात व्यवसायी महासंघको अध्यक्षमा कर्माचार्य विजयी

माघ २०, २०७४
यातायात व्यवसायी महासंघको अध्यक्षमा कर्माचार्य विजयी

चितवन, २० माघ - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत हुनुभएको छ । 

उहाँले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । कर्माचार्यले ९८७ मत प्राप्त गर्नुभयो भने डोलनाथ खनालले ७०८ मत प्राप्त गर्नुभयो । कर्माचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो । 

यस्तै वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी हुनुभएको छ । यस्तै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार मत प्राप्त गरी विजयी हुनुभएको छ । मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी हुनुभएको छ । 

यस्तै महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला मत प्राप्त गरी विजयी हुनुभएको छ । 

कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त मत प्राप्त गरी विजयी हुनुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्