
काठमाडौं, २१ माघ– सिरियामा रुसी विमानमाथि आक्रमण भएको छ । आक्रमण पछि रुसको एक जंगी विमान जमिनमा खसेको र विमानका चालकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विद्रोहीको नियन्त्रणमा रहेको इद्लिबमा विमानमाथि आक्रमण भएको हो । रुसी मन्त्रालयले विमानमा आक्रमण भएपछि चालक हामफाले पनि बाँच्न सफल नभएको जनाएको छ । विमान कसले खसाल्यो भन्ने बारे केही खुलेको छैन ।
रुसले सिरियामा रहेका विद्रोही समूहलाई त्यहाँको सरकारसँग मिलेर कारबारही अभियान चलाउँदै आएको छ । रुसको सहयोगमा सिरियाले विद्रोही विरुद्धको कारबाहीलाई समेत तिब्र पारेको छ ।