२२ जेठ २०८३, शुक्रबार

नागरिकता र अपांगता परिचयपत्र वितरण गर्न घुम्ती शिविर

माघ २१, २०७४
नागरिकता र अपांगता परिचयपत्र वितरण गर्न घुम्ती शिविर

भोजपुर, २१ माघ- भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ । 

शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । 

त्यस्तै कृषितर्फ १४० जना कृषकलाई बीउ वितरण, पशु सेवा कार्यालयबाट २२३ जनाले पशुपक्षीको विषयमा परामर्श लिएका छन् । जिल्ला वन कार्यालय र भू–संरक्षण कार्यालयमार्फत एक हजार २०० बिरुवा वितरण गरिएको छ भने घरेलुबाट तीनवटा उद्योग दर्ता तथा ६ जना उद्योगीले परामर्श लिएका छन् । 

शिविरको प्रजिअ फडिन्द्र दाहालले ३५ वर्षीया हरिमाया कार्कीलाई नागरिकता वितरण गरेर शुभारम्भ गर्नुभएको थियो । राज्यको सेवा जनताको घरदैलोमा पुर्याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइ तथा अन्य विषयगत कार्यालयको आयोजनामा एकदिने शिविर सञ्चालन गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताउनुभयो । शिविरबाट अरुण गाउँपालिकाका स्थानीयवासी हर्षित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्