२२ जेठ २०८३, शुक्रबार

जनकपुरमा प्रदेशसभाको बैठक, वीरगञ्जमा बन्द र तोडफोड

जनकपुरमा प्रदेशसभाको बैठक, वीरगञ्जमा बन्द र तोडफोड

वीरगञ्ज २१ माघ – प्रदेश नम्बर २ को राजधानी बनाउनु पर्ने मागगर्दै आइतवार वीरगञ्ज बन्द छ ।

जनकपुरमा प्रदेश सभाको पहिलो बैठक बस्ने दिन वीरगञ्ज राजधानी संघर्ष समितिले आइतवार वीरगञ्जमा बन्द आयोजना गरेको हो ।

बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले घण्टाघर लगायतका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बन्दकर्ताले भारतीय नम्बर प्लेटको स्कोरपिओ जिपमा तोडफोड गरेका छन् ।

सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगञ्जमा विरोध हुँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्