०१ साउन २०८३, शुक्रबार

चारवटा प्रदेश सभाको बैठक आज, जनकपुर, बुटवल, सुर्खेत र धनगढीमा चहलपहल

चारवटा प्रदेश सभाको बैठक आज, जनकपुर, बुटवल, सुर्खेत र धनगढीमा चहलपहल

काठमाडौं, २१ माघ–विभिन्न चार प्रदेशमा आज प्रदेशभाको बैठक बस्दै छ । प्रदेश नम्बर २, ५, ६ र ७ मा का राजधानीमा पहिलो प्रदेश सभा वैठक बस्न लागेको हो । 

वैठक बस्नका लागिभवन रंगाउने, सजिसजाउ गर्ने, आवश्यक फर्निचर मिलाउने, सरसफाइ गर्ने, कार्पेट बिछ्याउनेलगायतका काम मध्य रातसम्म भएको थियो । 

प्रदेश नम्बर दुईको जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा संसद बैठक बस्न लागेको हो । 

ती प्रदेशहरुमा सर्वदलीय बैठक बसेर प्रदेशसभा संचालनका लागि अन्तरिम कार्यविधि तयार पार्नुका साथै सभाभमुखको निर्वाचनको मिति समेत तय गर्ने काम भएका छन् । 

ऐतिहासिक रुपमा पहिलोपटक बस्न लागेको प्रदेशसभा वैठक संचालनमा सहजिकरणका लागि संघीय संसद सचिवालयबाट कर्मचारी पनि खटाइएको छ । 

केन्द्रबाट खटिएका कर्मचारीहरुले आफ्नो अनुभवको आधारमा संसद बैठक संचालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयबाट प्रदेश नम्बर ५ मा खटिएका उपसचिव रामकुमार पौडेलले जानकारी दिए । संघीय संसदकै नमूनामा व्यवस्थापन मिलाइएको छ । 

प्रदेश ६ को बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस्तै प्रदेश सातको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । 

पहिलो पटक बस्न लागेको बैठकलाई लिएर सांसदहरु पनि उत्साहित छन् । प्रदेशसभाका बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक/एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्य्विधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने लगायतका कार्यसूची तय भएका छन् । 

यता राजनीतिक दलहरुले पनि संसदीय दलको नेता चुन्ने, समितिमा सहभागी हुने सदस्य सिफारिश गर्ने, संसद बैठकलाई सम्बोधन गर्ने सदस्य तोक्ने लगायतका तयारी गरेका छन् । प्रदेश नम्बर १ र ४ को प्रदेश सभा बैठक २२ गते बस्दै छ भने प्रदेश नम्बर ३ को माघ १८ गते सम्पन्न भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्