३० जेठ २०८३, शनिबार

यसो गर्दा मोबाइल पड्किने सम्भावना हुन्छ, हुनुस् सचेत

यसो गर्दा मोबाइल पड्किने सम्भावना हुन्छ, हुनुस् सचेत

काठमाडौं, २१ माघ — स्मार्टफोन चार्ज गर्दा वा कल गरिरहेको बेलामा तात्ने समस्या धेरै प्रयोगकर्ताहरूले भोगेका छन् । धेरै प्रयोगकर्ताहरूको फोन यति तात्छ कि मोबाइलै पड्किने सम्भावना रहन्छ । 

फोन तात्नमा प्रयोगकर्ताहरूका केही गल्ती हुन सक्छन् । यहाँ हामी त्यस्ता गल्ती र समाधानका उपायको चर्चा गर्नेछौं । 

गल्तीहरू
फोनलाई लामो समयसम्म चार्ज गरिरहने
चार्ज गरिरहेको बेलामा कल गर्ने
अनलाइन गेम खेलिरहने 
हटस्पटलाई लामो समयसम्म अन राख्ने 
जतिखेर पनि ब्लूटूथ र वाईफाई अन राख्ने । 

यसबाहेक फोन तात्ने अन्य कारण पनि हुन्छन् । जस्तो :
सफ्टवेयर अप्डेट नहुँदा
फोनको मेमोरी फुल हुँदा 
लगातार चल्ने एप्स राख्दा
लाइभ स्ट्रीमिङ वा अन्लाइन म्युजिक सुन्दा
ब्याट्री पुरानो हुँदा

नोट : फोन तात्ने समस्या एकअर्कासँग जोडिएका हुन्छन् । कहिलेकाहीँ एउटा समस्या समाधान गर्दा अन्य समस्या पनि आफैं समाधान हुन्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्