
बुटबल, २१ माघ–प्रदेश नम्बर पाँचको बैठक शुरु भएको छ ।
बुटबलमा शुरु भएको बैठकलाई प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले बैठकको सञ्चालन गरिरहेका छन् ।
सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएसँग बैठक शुरु भएको थियो ।
यससँगै विभिन्न दलका प्रतिनिधिहरुले आफ्नो धारणा राखिरहेका छन् ।
सवैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले सम्बोधन गरेका छन् ।
पाँच नम्बर प्रदेशलाई सवैभन्दा खुसी र सुखी प्रदेश बनाउन सवैले काम गर्नुपर्ने जनाए । उनलाई प्रदेश नम्बर पाँचको भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।
पाँच नम्बर प्रदेशमा ८७ सांसद रहेका छन् ।