३१ असार २०८३, बुधबार

प्रदेशसभा बैठकको रमाइलो – दुई नम्बरको लफडादेखि सेल्फी खिच्नेको रमितासम्म

प्रदेशसभा बैठकको रमाइलो – दुई नम्बरको लफडादेखि सेल्फी खिच्नेको रमितासम्म

काठमाडौं, २१ माघ– दुई, पाँच, छ र सातको प्रदेश सभा वैठक बसेको छ । आइतबार(आज) दुई नम्बरको जनकपुर, पाँचको बुटबल, ६ को सुर्खेत र सातको धनगढीमा बैठक बसेको हो । 
पहिलोपटक प्रदेशसमा संसद बैठक बसेका कारण प्रदेश सभा बैठक बसेको स्थानमा सर्वसाधरणको घुइचो लागेको थियो । सात वटा मध्ये तीन नम्बर प्रदेशको बैठक १८ गते बसेको थियो भने प्रदेश नम्बर १ र ४ को बैठक सोमबार बस्दै छ ।

दुई, पाँच, छ र सात नम्बर प्रदेशको बैठकमा के के भए ?

दुई नम्बर प्रदेशमा पहिलो दिन नै होहल्ला

दुई नम्बर प्रदेशको पहिलो प्रदेश सभा वैठक शुरु हुनासाथ अवरुद्ध भएका थियो ।  जनकपुरमा बसेको दुई नम्बर प्रदेशको पहिलो बैठकमै सांसदहरुले मधेस आन्दोलनका शहीदको तस्वीरु नराखेको भन्दै आपत्ति जनाएका थिए । 
बैठकमा राजपा नेता मनिष सुमनले सभामुखको आशन अगाडि जनआन्दोलनका शहीदको तस्वीर राखेको तर मधेस आन्दोलनका शहीदको तस्वीर नराखेको भन्दै आपत्ति जनाएका थिए । फोटो राख्न सभामुखले निर्देशन दिएसँगै बैठक शुरू भएको छ । प्रदेश बैठक हेर्न सर्बसाधारणको भीड लागेको थियो ।  बैठक कक्ष  बाहिर  टेलिभिजनमा लाइभ हेर्ने व्यबस्था गरिएको थियो ।
वैठकले सभामुखको चुनाव फागुन २ गते गर्ने निर्णय गरेको छ । 

दौरा सुरुवालको विरोध !

दुई नम्बर प्रदेशको पहिलो संसद बैठकमा उपस्थित मर्यादापालकले दौरा सुरुवाल नगाएको विषय पनि आइतबार चर्चामा रह्यो ।  संसदीय अभ्यास शुरु भएसँगै नै नेपालमा मर्यादापालक पुरुषले दौरा सुरुवाल र टोपी तथा महिलाले रातो पारि भएको सेता सारीमा कालोकोट लगाउँदै आएका थिए । तर प्रदेश नम्बर दुईमा भने उनीहरु आफूलाई इच्छा लागेको कपडामा देखिएका थिए । उनीहरुलाई चिन्नका लागि मर्यादापालक लेखिएको व्याच दिइएको थियो । 

एमालेको गुटको प्रभाव प्रदेशसभा बैठकमा 

जनपुरमा सम्पन्न बैठकमा दुई नम्बर प्रदेशको ठूलो दल संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेसकाका नेताले सम्बोधन गरेका छन् । 
तर नेकपा एमालेका भने दुई प्रदेशसभा सदस्यले बैठकमा सम्बोधन गरेका छन् । 

प्रदेशमा बोल्नेसबालमा पनि एमाले गुटगत रुपमा विभाजित भएपछि सभामुख लखनलाल चौधरीले दुवै गुटका वक्तालाई बोल्न समय दिएकी थिइन् । त्यसका लागि उनीहरुको दलले पाएको १० मिनेटलाई आधाआधा गरिएको थियो । 

एमालेका तर्फबाट केपी ओली गुटका सत्यनारायण मण्डल र माधव नेपाल गुटको तर्फबाट सत्रुघन महतोले आफ्नो धारणा राखेका हुन् । 


जनकपुरमा बैठक वीरगन्जमा लफडा

प्रदेश नम्बर २ को राजधानी बनाउनु पर्ने मागगर्दै आइतवार वीरगञ्जमा बन्दको आयोजना गरियो । 

जनकपुरमा प्रदेश सभाको पहिलो बैठक बस्ने दिन वीरगञ्ज राजधानी संघर्ष समितिले वीरगञ्जमा बन्द आयोजना गरेको हो ।

बन्दकर्ताले भारतीय नम्बर प्लेटको स्कोरपिओ जिपमा तोडफोड गरेका थिए ।  सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगञ्जमा विरोध हुँदै आएको छ ।

खुसी र सुखी प्रदेश बनाउने बाँचा

पाँच नम्बर पाँचको बैठक पनि आजै सम्पन्न भएको छ । पाँच नम्बर प्रदेशको राजधानी बुटवलको उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । बैठकलाई प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सञ्चालन  गरेका थिए ।

बैठकमा भावी मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता शंकर पोखरेलले पाँच नम्बर प्रदेशलाई सवैभन्दा खुसी र सुखी प्रदेश बनाउन सवैले काम गर्नुपर्ने जनाए । पाँच नम्बर प्रदेशमा ८७ सांसद रहेका छन् । बैठकले सभामुख÷उपसभामुखको निर्वाचन आउदो फागुन २ गते बुधबार गर्ने निर्णय गरेको छ । कोमल वली बैठक स्थलमा पुगेपछि सेल्फी खिच्नेको भीड लागेको थियो । वली राष्ट्रिय सभामा एमालेका तर्फबाट छानिएकी छिन् ।

सेल्फी खिच्न भ्याइनभ्याइ ​

प्रदेश नम्बर ६ को पहिलो प्रदेश सभा पनि आजै सम्पन्न भएको छ । प्रदेशको राजधानी सुर्खेतमा रहेको डिभिजन सिचाइँको भवनमा प्रदेशसभा बैठक सम्पन्न भएको हो । बैठकको अध्यक्षता प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका थिए ।  ६ नम्बर प्रदेशमा ४० प्रदेशसभा सदस्य रहेका छन् । पहिलोपटक भएको प्रदेशसभा बैठकमा सांसद, बैठक हेर्न आएका सर्वसाधारणलाई सेल्फी खिच्न भ्याइनभ्याइ परेको थियो । 

सात नम्बर मा महिला सभामुख

प्रदेश नम्बर ७ को प्रदेशसभाको पहिलो बैठक बसेको छ । ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढीस्थित जिल्ला समन्वय समितिमा राखिएको प्रदेशसभाको हलमा बैठक बसेको हो । प्रदेशसभा बैठकको अध्यक्षता ७ नम्बर प्रदेशकी ज्येष्ठ सदस्य (सांसद) दिव्येश्वरी शाहले गरेकी थिइन् । सातवटा प्रदेशमध्ये पहिलो प्रदेशसभा बैठक सञ्चालन गर्न पाउने शाह एकमात्र महिला सांसद हुन् । 

सभामा पहिलो धारणा राख्दै नेकपा एमालेका सांसद प्रकाश बहादुर शाहले ७ नम्बर प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउन अग्रसर हुनुपर्ने बताए । अन्य वक्ताहरुले पञ्चेश्वर, सेती लगायतका परियोजना सञ्चालन, प्राकृतिक स्रोत साधनको प्रयोग, यार्सागुम्बालगायत जडिबुटीको उपयोग गर्दै प्रदेशलाई संबृद्ध बनाउनु पर्ने धारणा राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्