
काठमाडौं, २१ माघ- एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको विशेष सुबिधा भएको एनएमबी डिलाइट सेभिङ एकाउण्ट ल्याएको छ । बैंककाअनुसार यो खाताको एटिएम कार्ड प्रयोगले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरु बैंक फाइनान्स कोअपरेटिभ को एटिएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क लाग्दैन । निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ एकाउण्टको बिशेषता रहेको छ । हाल एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको बेंकले जनएको छ ।