३१ जेठ २०८३, आइतबार

कुनै महिलाको हत्केलामा यस्तो निशान देखिएमा बोलाइन्छ प्रहरी

कुनै महिलाको हत्केलामा यस्तो निशान देखिएमा बोलाइन्छ प्रहरी

काठमाडौं, २२ माघ — कुनै महिलाको हत्केलामा कालो विन्दु देख्नुभएको छ वा यस्तो कुनै तस्वीर सामाजिक सञ्जालमा देख्नुभएको छ भने अमेरिकामा तत्कालै प्रहरीलाई खबर गरिदिने व्यवस्था छ ।

महिला कुनै चिन्ताजनक स्थितिमा छिन् भन्ने संकेत यसले दिन्छ । यसलाई एकदमै गम्भीरताका साथ लिइन्छ । 

महिलाको हातमा कालो विन्दु देखिएमा उनी संकटमा छिन् र उनलाई तत्कालै सहायताको आवश्यकता रहेछ भन्ने बुझिन्छ । 

महिला घरेलु हिंसाको शिकार छिन् र उनीमाथि कसै न कसैको निगरानी छ जसले गर्दा उनले बोलेर आफ्नो पीडा व्यक्त गर्न सक्दिनन् भन्ने अर्थ पनि यसले दिन्छ । 

महिलाहरूको सहायताका लागि शुरू गरिएको यो अभियानको नाम नै ब्ल्याक डट राखिएको छ । सामाजिक सञ्जालमार्फत मानिसहरूलाई महिलाको हातमा यस्तो विन्दु भएमा तत्कालै प्रहरीलाई सूचना दिनू र उनको सहायता गर्ने
प्रयास गर्नू भनी सचेत गराइएको छ । अभियान संसारभरि तीव्र गतिमा फैलिरहेको छ । 

समाचारहरूमा आएअनुसार, यो अभियानको आरम्भ एक अमेरिकी महिलाले गरेकी हुन् । उनी गर्भवती हुँदा पनि उनका पतिले उनीमाथि हिंसा गर्थे र सहायता माग्नका लागि उनले यो तरिका अपनाएकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्