
टोकियो, २२ माघ– नेपालको सुदूरपश्चिम घर भइ काम र अध्ययन विशेषले जापानमा रहेका नेपालीहरुको संगठन सुदूरपश्चिमेली नेपाली समाज जापानको नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको पाँचौं महाधिवेशनबाट एकेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा मदन साउँद, द्वितीय उपाध्यक्षमा कृष कोइराला र तृतीय उपाध्यक्षमा दलबहादुर धामी निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा दिनेश अधिकारी, सचिवमा जयानन्द भट्ट, प्रकाशचन्द्र जोशी र रामु विष्ट, कोषाध्यक्षमा नृप कुँवर, सहकोषध्यक्षमा पुनम विष्ट निर्वाचित भएका छन् ।

समितिको सदस्यमा चेतमान रावल, पूर्ण जोशी, उज्जल सिंह डडाल, प्रबिन टेलर, भक्तराज जोशी, खेम ओझा चयन भएका छन् । समाजको यूवा संयोजनको जिम्मेवारी भैरव थापा ‘पुकार’ र आस्था खत्रीले पाएका छन् ।
पाँचौ महाधिवेशनमार्फत समाजले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषण गरेको छ । अक्षयकोषका लागि कार्यक्रमका प्रमुख अतिथि एवम् एनआरएनएका अध्यक्ष भवन भट्टले एक लाख सहयोग प्रदान गरेका छन् ।
उक्त रकम सुदूर पश्चिमको कला, संस्कृति तथा साहित्यको विकास प्रबृद्धनका लागि खर्च गरिने समाजका नवनिर्वाचित अध्यक्ष थापाले बताए । थापाले चिसापानीमा सात नम्वरको प्रवेश द्वार पनि निर्माण गर्ने योजना रहेको बताए ।