०८ साउन २०८३, शुक्रबार

जनकविकेशरी धर्मराज थापाकी पत्नीको निधन

जनकविकेशरी धर्मराज थापाकी पत्नीको निधन
सांकेतिक तस्बिर

काठमाडौँ, २२ माघ–  जनकविकेशरी धर्मराज थापाकी धर्मपत्नी एवं जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानकी संरक्षिका सावित्री थापाको आज बिहान ९१ वर्षका उमेरमा ग्राण्डी अस्पताल टोखामा निधन भएको छ । 

केही समयदेखि शारीरिक अस्वस्थताका कारण उपचार गराइरहेकी थापाको हृदयाघातबाट निधन भएको हो । 

विसं १९८३ मा कपिलवस्तुमा जन्मीएकी उनले जनकविकेशरीसँँग वैवाहिक सम्बन्धमा आबद्ध भएपछि बाटुलेचौर पोखरामा जीवनको लामो कालखण्ड बिताएकी थिइन् । 

पछि उनी ज्येष्ठ पुत्र मदनराजको सेवासुश्रूषामा स्वयम्भू काठमाडौंँमा बस्दै आएकी थिइन्। उनका तीन छोरा र दुई छोरी छन् । 

salt training

कमेन्ट गर्नुहोस्