
काठमाडौं, २२ माघ– प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु छिट्टै विस्थापित हुने बताएका छन् ।
प्रा.डा युवराज संग्रौलाद्धारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को आज राजधानीमा उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले आधार र कारण विहिनहरु निकृष्ठ शब्दको प्रयोगले स्थापित हुन नसक्ने बताए ।
एउटा न्यायाधीशलाई लज्जावति झारसँग तुलना गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायका मूल्य र मान्यता जगाउनका लागि हरदम प्रयास गर्ने बताए । उनले कसैलाई दोष लगाउनुभन्दा पहिले दशी, प्रमाण र आधार भएमा मात्र सफल हुने भएकाले विना प्रमाणका आरोपले कसैलाई सत्यको ढोकामा नपुर्याउने दाबी गरे ।
कार्यक्रममा अधिवक्ता भीमार्जुन आयार्यले अहिले नेपालको न्यायायलय माथि जुन प्रकारले आक्रमण गरिएको छ यसले कसैलाई जितको अनुभूति नदिने बताए ।
उनले नेपालमा पछिल्लो समयमा अदालतमा भएका मुद्धाको मिडिया ट्रायल बढेको भन्दै नेपालको न्यायपालिका कमजोर भए पहिलो आक्रमण मिडियामाथि हुने बताए ।
काठमाडौं स्कृल अफ ल का कार्यकारी निर्देशक समेत रहेका पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संगौलाद्धारा प्रकाशित पुस्तक क्रिमिनल जस्टिस सिस्टमले नेपालमा फौजदारी न्यायमा देखिएका समस्या र त्यसको समाधानका महत्वपूर्ण उपायमा केन्द्रित छ ।