३१ जेठ २०८३, आइतबार

यसकारण ११९ स्थानीय तहमा बैंक जान नसक्ने

माघ २३, २०७४
यसकारण ११९ स्थानीय तहमा बैंक जान नसक्ने

काठमाडौं, २३ माघ  - पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ। सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो। तर, कतिपय तहमा इन्टरनेट, विद्युत्, कार्यालय भवनलगायत पूर्वाधार अभावले बैंक स्थापना गर्न नसकिने भएको हो।

एक सय १९ स्थानीय तहमा शाखा खोल्न नसक्ने बैंकहरूले राष्ट्रबैंकलाई जानकारी गराएका छन्। दुई सय ८२ स्थानमा बैंकिङ कार्यालय खोल्ने प्रक्रिया अघि बढेको छ।

व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ ३० गतेस्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। बैंक नहुँदा खाता खोल्न नसकिएको गुनासो स्थानीय तहबाट आएपछि समितिले सबै स्थानमा शाखा खोल्न निर्देशन दिएको थियो। समितिले निर्देशन दिँदा सात सय ५३ स्थानीय तहमध्ये दुई सय ९६ मा मात्र बैंकिङ कार्यालय खुलेका थिए। मौद्रिक नीतिले समेत सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउने घोषणा गरेको थियो। राष्ट्र बैंकलाई बैंकहरूले स्थानीय तहमा कार्यालय खोल्ने प्रतिबद्धता गरे पनि पूर्वाधार तयार नभएका कारण बैंक अल्मलिएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्