३१ जेठ २०८३, आइतबार

मासुका पारखी बद्री : फुर्सद भए भान्सामै सक्रिय

माघ २३, २०७४
मासुका पारखी बद्री : फुर्सद भए भान्सामै सक्रिय

काठमाडौं, २३ माघ– नेपालको सन्दर्भमा केटा मान्छेहरु भान्सामा कमजोर हुन्छन् । छोरी मान्छे सानैदेखि भान्सामा सक्रिय हुनुपर्ने, तर छोरा मान्छेलाई भान्साको जिम्मेवारी नै नपर्ने नेपालको पुरानै चलन हो ।
तर, गायक बद्री पंगेनीको सवालमा भने केही फारक छ । सानैदेखि भान्साको काम सिँके । स्कुल पढ्दादेखि नै भान्साको सबैजसो काम जानिसकेको थिएँ ।

श्रीमतीलाई परिकार बनाउन सिकाएको मैले नै हो । उनी सानै छदाँ भगाएर ल्याँए । उनलाई खाना तथा परिकार बनाउन आउँदैनथ्यो । मैले नै सिकाएर सबै जानिन् । 

अहिले त मभन्दा मीठो पकाउँछिन् । मैले सबैसन्दा मीठो पकाउने मासु हो, अहिले त मैले भन्दा श्रीमतीले नै मीठो पकाउँछिन् । 

त्यसो त अहिले पनि नयाँ–नयाँ परिकार बनाउन निकै रहर लाग्छ । फुर्सद भएपछि भान्सामै सक्रिय हुन मन लाग्छ । मासुका नयाँ–नयाँ परिकार बनाएर समय विताउँछु । बाहिर कार्यक्रममा हिड्ँदा पनि बसेको ठाउँमा मासु बनाउनु पर्यो भने म अघि बढिहाल्छु । 

धेरै कलाकारले  मैले पकाएको खानु भएको छ । मासु भनेपछि त होटलमा समेत पकाउन तम्सिने मान्छे हो । मासु देखेपछि त्यसै पकाऊँ–पकाऊँ लागिहाल्छ ।
नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्