०४ असार २०८३, बिहीबार

नेविसंघ कार्यकर्ताको मृत्युपछि पोखरामा तनाव

नेविसंघ कार्यकर्ताको मृत्युपछि पोखरामा तनाव

पोखरा, २३ माघ– गाडीको ठक्करबाट घाइते भएका नेपाल विद्यार्थी संघ स्याङ्जा–पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष वोधराज ढकालको मृत्यु भएको छ । सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट घाइते नेविसंघ कार्यकर्ता ढकालको उपचारका क्रममा मृत्यु भएको हो । 

ढकालको गण्डकी मेडिकल कलेजमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।

यसैबीच, ढकालको मृत्यु भएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप पोखरामा झडप भएको छ । झडपपछि पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ ।

क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप भएको हो । प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्