१६ असार २०८३, मंगलबार

माल्दिभ्समा पूर्वराष्ट्रपति र प्रधान न्यायाधीश पक्राउ, राजनीतिक संकट कायम

माल्दिभ्समा पूर्वराष्ट्रपति र प्रधान न्यायाधीश पक्राउ, राजनीतिक संकट कायम

काठमाडौं, २३ माघ — माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले देशमा संकटकाल घोषणा गरेपछि पूर्वराष्ट्रपति मौमून अब्दुल गयूम र प्रधानन्यायाधीशलाई पक्राउ गरिएको छ । गयूमकी छोरीले ट्विटरमा यो जानकारी दिएकी हुन् । 

हालै देशको सर्वोच्च अदालतले नौ राजनीतिक नेताहरूलाई थुनामुक्त गर्ने आदेश दिएकोमा राष्ट्रपति यामीनले आदेश मान्न अस्वीकार गरेका थिए जसकारण राजनीतिक संकट उत्पन्न भएको छ । 

गयूम माल्दिभ्समा ३० वर्षसम्म राष्ट्रपति थिए । सन् २००८ मा लोकतन्त्र आएसम्म उनी राष्ट्रपति रहे । त्यसपछिको चुनावमा मोहम्मद नशीद राष्ट्रपति भएका थिए । 

गयूमकी छोरीका अनुसार, उनको पितालाई घरबाट टाढा लगिएको छ । 

देशमा १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । सेनाले ठाउँ ठाउँमा छापा मारिरहेको छ । नागरिकका सबै अधिकार रद्द गरिएका छन् । सेनाले जोसुकैलाई पक्रा उगर्न सक्ने भएको छ । 

अनि माल्दिभ्सका प्रधानन्यायाधीश अली हामिद र न्यायपालिकाका केही अन्य अधिकारीलाई पनि पक्राउ गरिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्