×

NIC ASIA

EXCLUSIVE : ६५ मै वृद्धभत्ता र भूकम्पपीडितलाई १ लाख हल्ला मात्रै, निर्णयमा हस्ताक्षर नभएको खुलासा

प्रशान्त ओझा

माघ २३, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं, २३ माघ- राज्यकोषबाट भूकम्पपीडितलाई थप १ लाख रुपैयाँ दिने र ६५ वर्ष पुगेकाले पनि वृद्धभत्ता पाउने सरकारको पछिल्लो निर्णय हल्ला मात्रै रहेको खुलासा भएको छ ।

लोकान्तर डटकमको खोजले गएको माघ १० गते मन्त्रिपरिषद्ले गरेको भनिएको उक्त निर्णयमा अहिलेसम्म हस्ताक्षर नभएको र हस्ताक्षर हुने सम्भावना शुन्यप्रायः रहेको तथ्य पत्ता लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उक्त विषयको माइन्युट (निर्णयको प्रति)मा अहिलेसम्म हस्ताक्षर भएको छैन र हुने सम्भावना लगभग टरेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यो ठाडो प्रस्ताव थियो । सम्बन्धित सरकारी निकायबाट अहिलेसम्म कुनै प्रस्ताव आएको छैन । त्यही कारण उक्त निर्णयले वैधता पाएन ।’


Advertisment
Rupse Holidays
Nabil box

गत माघ १० गते (बुधवार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने र वृद्धभत्ता पाउने उमेरहद घटाएर ६५ वर्षमा झार्ने निर्णय गरेको सरकारका प्रवक्ताले सार्वजनिक गरेका थिए ।

Vianet communication

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नै भूकम्पपीडितलाई थप १ लाख रुपैयाँ र वृद्धभत्ताको उमेरहद ६५ वर्ष कायम गर्ने निर्णय भएको सार्वजनिक गरेका थिए ।

तर ती निर्णयको ‘माइन्यूट’मा हस्ताक्षर नै नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतले लोकान्तरसँग पुष्टि गरेको हो । ‘निर्णय भयो भनेर मन्त्रीहरुले सार्वजनिकरूपमै भन्नुभएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘तर दुईसाता बित्दा पनि ती निर्णयहरुमा हस्ताक्षर भएको छैन  र ती निर्णयले वैधता पाउने सम्भावना लगभग टरेको छ ।’

माघ १० गते साँझ बसेको मन्त्रिपरिषद् बैठकमा वृद्धभत्ताको उमेरहद घटाउने र भूकम्पपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने विषयमा ठाडो प्रस्ताव पेश भएको थियो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको असहमतिका बीच प्रधानमन्त्री देउवाले त्यो प्रस्तावलाई सोझै मन्त्रिपरिषद् बैठकमा प्रवेश गराएका थिए ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै निर्णयका लागि ती प्रस्ताव टिपोट गर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका थिए । तर मुख्यसचिवले निर्णयमा हस्ताक्षर गरेनन् ।

मन्त्रिपरिषदमा ठाडो प्रस्ताव जानसक्छ, तर निर्णयमा हस्ताक्षर हुनुअघि विषय जुन मन्त्रालयसँग सम्बन्धित छ, त्यो मन्त्रालयबाट औपचारिक प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेश गर्नुपर्छ ।

मन्त्रिपरिषद्का सबै निर्णयमा मुख्यसचिवले हस्ताक्षर गर्छन् ।

‘सम्बन्धित निकायबाट विधि, प्रक्रिया, परम्परा र औपचारिक प्रक्रिया पूरा गरेर ती विषयमा कुनै प्रस्ताव नआएकाले मुख्यसचिव रेग्मीले हस्ताक्षर नगरेका हुन्,’ स्रोतले भन्यो ।

‘वृद्धभत्ताको उमेरहद घटाउने सम्बन्धमा अर्थ मन्त्रालय र त्यससँग सरोकार राख्ने महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले प्रस्ताव नै पठाएका छैनन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले लोकान्तरसँग भन्यो, ‘आधिकारिक प्रस्तावविना नै मन्त्रिपरिद् बैठकमा घुसाइएकाले ती निर्णयमा हस्ताक्षर हुन सकेन ।’

स्रोतका अनुसार भूकम्पपीडितलाई थप १ लाख रुपैयाँ दिने र ६५ वर्ष उमेर काटेकाले वृद्धभत्ता पाउने निर्णयमा अर्थ मन्त्रालयले असहमति जनाएको छ ।

‘अर्थले कुनै पनि हालतमा ती प्रस्तावमा सहमति नदिने अडान राखेको छ,’ स्रोतले भन्यो, ‘अर्थको अडानले प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् ।’

सम्बन्धित निकायलाई जानकारी नै छैन

वृद्धभत्ताको उमेरहद घटाएर ६५ वर्षमा झार्ने समाचार बाहिरिएपछि अघिल्लो हप्ता वृद्धवृद्धाको क्षेत्रमा काम गरेका केही प्रतिनिधि परिचयपत्रका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पुगे । ६५ वर्ष पुगेकाले वृद्धभत्ता पाउने कार्ड बनाइदिनुपर्ने उनीहरुको माग थियो ।

तर मन्त्रालयका कर्मचारीले भने ६५ वर्षमै वृद्धभत्ता पाउने निर्णय भएको जानकारी औपचारिक रुपमा आफूकहाँ नआएकोले केही गर्न नसकिने जवाफ फर्काएका थिए ।

‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि १–२ दिनमै हामीलाई आधिकारिक पत्र आउनुपर्ने हो,’ महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘तर निर्णय भएको भनिएको २ हप्ता पुग्न लाग्दासमेत त्यसबारे हामीलाई कुनै जानकारी आएको छैन ।’

यस्तै भूकम्पपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णयको बारेमा पुनर्निर्माण प्राधिकरणलाई पनि कुनै जानकारी प्राप्त भएको छैन । गत माघ १७ गते आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका सीईओ युवराज भुसालले १ लाख अनुदान थप्ने मन्त्रिपरिषद्को निर्णयबारे आफूलाई आधिकारिक जानकारी नआएको बताएका थिए ।

मंगलवारसम्म पनि प्राधिकरणमा १ लाख रुपैयाँ थप्ने निर्णयबारे कुनै आधिकारिक पत्र गएको छैन ।

‘मन्त्रिपरिषदले निर्णय गरेको भनिएको छ । तर हामीलाई त्यसबारे कुनै जानकारी आएको छैन,’ पुनर्निर्माण प्राधिकरण स्रोतले भन्यो, ‘निर्णय भएको हो कि होइन भन्ने पनि थाहा छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x